- 配信日
- 2026年03月17日
- 配信先グループ
- नेपाली
- [IKN25-35]【साइकलको निलो टिकट】
-
★☆★★☆★★☆★ई-मेल पत्रिता अन्त्यको जानकारी★☆★★☆★★☆★
सधै, INFO KANAGAWA पढिदिनुभएकोमा धन्यवाद२०२६ साल मार्च महिनाको अन्त्यसम्मा, ई-मेल पत्रिका पठाउने कार्य बन्द गरिनेछ।
अप्रिल महिनाबाट भने, LINE एपलिकेशनमार्फत जानकारीहरू प्राप्त गर्नसक्नुहुनेछ।
तल उल्लेखित साइटद्वारा, हामीलाई लाइनमा जोड्नसक्नुहुनेछ।
अवश्वपनि जोडिनुहोला र जानकारीहरूको लागी कुर्नुहोला।
★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★२०२६ साल अप्रिल महिना देखि साइकलको ट्राफिक नियम उल्लङ्घन गर्ने जो कोहीले पनि जरिवाना तिर्नुपर्नेछ।
१६ वर्ष अथवा सोभन्दा माथिका व्यक्तिहरुमा यो नियम लागू हुन्छ।
■ उल्लङ्घनको रुपमा लिइने गतिविधि र जरिवानाको उदाहरण
・मोबाइल चलाउदै साइकल चलाउदा १२,००० येन
・ट्राफिक बत्तिलाइ बेवास्ता गरि साइकल चलाउदा ६,००० येन
・राति बिना बत्ती साइकल चलाउदा ५,००० येन
साइकलको ट्राफिक नियमहरुको बारेमा विभिन्न भाषाहरुमा पढ्न सक्नुहुन्छ।
(जापानिज भाषा, चाइनिज भाषा, स्पेनिश भाषा, पोर्तुगाली भाषा, तागालोग भाषा, अंग्रेजी भाषा, भियतनामी भाषा, नेपाली भाषा)
https://www.city.sendai.jp/jitensha/documents/nepalese.pdf
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






