配信日
2025年10月30日
配信先グループ
नेपाली
[IKN25-19] 【खानागावा प्रान्त उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरुको लागि अनुदानको रुपमा छात्रवृत्ति】

उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरुको लागि अनुदानको रुपमा छात्रवृत्ति "खानागावा केन कोउकोउसेइ नादो स्योगाकु क्युफुकिन” भनेको पढाई शुल्क बाहेकको अन्य शैक्षिक शुल्कहरुमा प्रयोग गर्न मिल्ने अनुदान हो।

फिर्ता गर्नु पर्दैन् ।

 

आवेदन दिन सक्ने व्यक्तिहरु (तलका सबै शर्तहरु पुरा गरेका परिवार):

अभिभावकहरु खानागावा प्रान्तमा बसोबास गरिरहेको हुनुपर्ने।

सरकारी सहयोगमा जीवनयापन गरिरहेको परिवार अथवा बासिन्दा कर छुट भएको परिवार हुनुपर्ने।

लक्षित उच्च माध्यमिक विद्यालयको विद्यार्थी उच्च माध्यमिक विद्यालयमा भर्ना भएको हुनुपर्ने।

 

आवेदन दिने अन्तिम मिति: २०२५/१२/१५ (सोमबार) सम्म

 

बहुभाषाको जानकारीको लागि यो वेबसाइटमा हेर्नुहोस्।

https://www.pref.kanagawa.jp/docs/en7/cnt/f531013/index.html

निजी उच्च माध्यामिक विद्यालयमा पढ्दै हुनुहुन्छ भने आवेदन दिने विधि फरक हुन्छ

विद्यालय मार्फत आवेदन दिनु पर्ने हुनाले विद्यालयमा सम्पर्क गर्नुहोस्।

आवेदन दिने अन्तिम मिति २०२५/११/१४  (शुक्रबार) हो।

 https://www.pref.kanagawa.jp/docs/v3e/jyosei/gakuhisien/syougakukyuuhukinn.html

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ