配信日
2025年12月19日
配信先グループ
नेपाली
[IKN25-25]【छिटै २०२५ साल पनि सकिँदैछ】

 २०२५ साल तपाईहरुको लागि कस्तो वर्ष रह्यो?

वर्षको अन्त्य र नँया वर्षको बिदाहरुमा ध्यान दिनुपर्ने केहि कुराहरूको बारे जानकारी गर्दैर्छौं।

 

अस्पतालमा जँचाउने

वर्षको अन्त्य र नँया वर्षको बिदाहरुमा अस्पताल बन्द हुन्छ।

त्यसैले अर्को पटक जँचाउन जाने दिन सम्मको लागि पुग्ने औषधी छ छैन, अकस्मात बिरामी हुँदा जँचाउन जान मिल्ने अस्पतालहरु कँहा छन् आदि बुझि राखौं।

 

सरुवा रोग देखि सावधान रहौं।

जाडो मौसममा इन्फुलेन्जा, रुघा, निमोनिया, पेट दुख्ने जस्ता रोगहरु सजिलै लाग्न सक्छ।

बाहिर जाँदा मास्क लगाएर जाऔं र बाहिरबाट घरमा फर्केपछि मुख कुल्ला गर्ने र हात धुने गरौं।

साथै आफ्नो शरीरलाई पुग्ने गरी सुत्ने र सन्तुलन मिलाएर खानेकुराहरु खाने गरौं।

 

सवारी दुर्घटना देखि सावधान रहौं।

वर्षको अन्त्य र नँया वर्षको बिदाहरुमा सवारी चलाउने मानिसहरु बढ्छन्।

सवारी चलाउने अथवा नचलाउने दुवै सवारी दुर्घटना बाट जोगिन पुर्ण रूपमा सावधान रहौं।

 

धेरै खाने र धेरै पिउने नगरौं।

पुरानो वर्षलाई बिर्सिने र नँया वर्षलाई स्वागत गर्ने जस्ता जमघटहरुमा खानपिनको कार्यक्रम धेरै हुने गर्दछ।

रक्सी धेरै पिउनाले हुने आकस्मिक रक्सी विषाक्तता,खाना विषाक्तता (फुड पोइजन) र भाइरस समक्रमण जस्ता कुराहरुबाट सावधान रहौं।

 

यस वर्षको सहयोगको लागि धन्यवाद।

नयाँ वर्ष सुखद रहोस् (योइ ओतोसि ओ)

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ