
- 配信日
- 2025年08月05日
- 配信先グループ
- नेपाली
- [IKN25-12]【उच्च माध्यमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम】
-
खानागावा प्रान्तको सार्वजनिक उच्च माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुको लागि "उच्च माध्यमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम" आयोजना हुदैछ ।
सहभागिताको लागि शुल्क तिर्नु पर्दैन्।
सहभागी हुन चाहनुहुन्छ भने बुकिंग गर्नुहोस्।
●मिति र स्थान
सेप्टेम्बर १५ तारिख (सोमबार) खावासाकी अन्तराष्ट्रिय केन्द्र
सेप्टेम्बर २३ तारिख (मंगलबार) योकोहामाको पश्चिमी सार्वजनिक हल "योकोहामा सि निसि कोउखाइदोउ"
अक्टोबर ५ तारिख (आइतबार) यामातोको शिबुया माध्यमिक विद्यालय
अक्टोबर १३ तारिख (सोमबार) आचुगीको सिटी प्लाजा ६औं तल्ला साइन्स हल कोठा नं. २५०
अक्टोबर १९ तारिख (आइतबार) हिराचुखाको कोयो माध्यमिक विद्यालय
अक्टोबर २६ तारिख (आइतबार) सागामीहाराको सागामीहारा अन्तराष्ट्रिय लउन्ज
●बुकिंग गर्ने तरिका
यो वेबसाइट हेर्नुहोस्।
भाषिक अनुवादक चाहिएको व्यक्तिले बुकिंग गर्ने पेजबाट आवेदन दिनुहोस्।
●बहुभाषी गाइडबुक
सार्वजनिक उच्च माध्यमिक विद्यालय भर्ना सम्बन्धित गाइडबुक पनि छ।
वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुन्छ।
https://me-net.or.jp/service/guidebook/
●प्रायोजित
खानागावा प्रान्तको शिक्षा विभाग, बहुसांस्कृतिक नेटवर्क खानागावा "मि-नेट (ME-net)"
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne