配信日
2025年08月15日
配信先グループ
नेपाली
[IKN25-13]【पानीले गर्दा हुने दुर्घटनाबाट बच्न सावधानी अपनाऔं】

 नदी धेरै रमाइलो ठाउँ हो। तर कहिलेकाहीँ डरलाग्दो ठाउँमा परिवर्तन हुनसक्छ।

मौसम तथा नदीको बहावलाइ ध्यान दिएर सुरक्षित भएर खेल्ने गरौं।

नदी छेउमा भएको साइनबोर्डमा खेल्दा अपनाउनु पर्ने सावधानीहरु लेखेको हुन्छ। खेल्न अघि राम्ररी पढ्नुहोस्।

 

नदीमा खेल्दाको नियम

l  प्रकृतिसँग खेल्ने। आफ्नो सुरक्षा आफै गरौं।

l  साथीहरुसँग गएर एकअर्कालाई ध्यान दिँदै खेलौं।

l  खेल्न अघि खेल्ने ठाउँको राम्ररी जाँच गर्ने र खेलिराख्दा पनि मौसम तथा नदीको बहावलाई ध्यानमा राख्ने गरौं

l  लाइफ ज्याकेट राम्ररी लगाऔं।

l  भिजे पनि हुने र छिटो सुक्ने खालको लुगा लगाऔं।

l  भिजे पनि सजिलै नफुक्लिने जुत्ता (जस्तै पानीमा लगाउने जुत्ता) लगाऔं। समुद्रमा लगाउने चप्पल सजिलै फुक्लिने भएकोले खतरा हुन्छ।

यस्तो अवस्थामा तुरुन्तै सुरक्षित ठाउँमा जाऔं! (नदीको पानी एक्कासी बढेर खतरा हुँदा)

l  पानी बगिरहेको दिशाको आकाशमा कालो बादल देख्दा

l  झरेका पातहरु तथा रुखको डाठ, फोहोरहरु बगाएर ल्याउदा

l  पानी पर्न थाल्दा

l  चट्याङ्ग परेको आवाज सुन्दा  

 

पानी पर्दा  पुल मुनि कहिल्यै ओथ नलाग्नुहोस् !

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ