配信日
2024年11月08日
配信先グループ
नेपाली
[IKN24-28]【मोबाइल प्रयोग गर्दै साइकल चलाउनु, मदिरा सेवन गरी सवारी चलाउनु गैरकानुनी हो!】

 मोबाइल प्रयोग गर्दै साइकल चलाएको कारणले हुने घातक तथा गम्भीर दुर्घटना बढ्दै गएको छ।

सडक यातायात ऐन परिमार्जन भएको छ ।

 
(१) साइकल चलाउँदै मोबाइल प्रयोग गर्नु हुदैन्।

मोबाइल हातमा लिएर साइकल चलाउँदै मोबाइलमा बोल्ने, मोबाइलको स्क्रिन हेर्ने जस्ता कुराहरु गर्न निषेध गरिएको छ।

साइकल रोकेर मोबाइल चलाउन भने पाइन्छ।

उल्लङ्घन गरेको व्यक्ति: ६ महिना सम्म कैद अथवा १ लाख येन सम्म जरिवाना

ट्राफिक जोखिम निम्त्याएको खण्डमा: १ वर्ष सम्म कैद अथवा ३ लाख येन सम्म जरिवाना

 
(२) मादक पदार्थ सेवन गरेर साइकल चलाउने

मादक पदार्थ सेवन गरेर साइकल चलाउन निषेध गरिएको छ।

तपाईले कति पिउनु भएको छ त्यसको कुनै मतलब हुदैन्।

मादक पदार्थ सेवन गरेको व्यक्तिलाई आफ्नो साइकल चलाउन नदिनुहोस्।

साइकल चलाउने योजना भएका व्यक्तिलाई मादक पदार्थ पिलाउने र मादक पदार्थ सेवन गरेको व्यक्तिले चलाएको साइकलमा सँगै चढ्ने व्यक्तिले पनि जरिवाना तिर्नु पर्ने हुन्छ।

उल्लङ्घन गरेको व्यक्ति: ३ वर्ष सम्म कैद अथवा ५ लाख येन सम्म जरिवाना

साइकल चलाउन दिएको व्यक्ति : ३ वर्ष सम्म कैद अथवा ५ लाख येन सम्म जरिवाना

मादक पदार्थ पिलाउने / मादक पदार्थ सेवन गरेको व्यक्तिले चलाएको साइकलमा सँगै चढ्ने व्यक्ति: २ वर्ष सम्म कैद अथवा ३ लाख येन सम्म जरिवाना

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ