
- 配信日
- 2025年07月04日
- 配信先グループ
- नेपाली
- [IKN25-9] 【आतिशबाजी (फायरवर्क)】
-
तपाईलाई आतिशबाजी (फायरवर्क) मन पर्छ?
जापानमा गर्मी महिनामा विभिन्न ठाउँहरुमा आतिशबाजी (फायरवर्क) प्रदर्शनीहरुको आयोजना गरिन्छ।
यो पटक खानागावा प्रान्तमा आयोजना हुन लागेको आतिशबाजी (फायरवर्क) प्रदर्शनीहरुको बारेमा जानकारी गर्नेछौं।
आफ्ना साथीहरु तथा परिवारका सदस्यलाई पनि यस सम्बन्धि जानकारी दिनुहोस् ।
● योकोहामा नाइट फ्लावर्ज २०२५
जुलाई ५ तारिख (शनिबार), जुलाई १२ तारिख (शनिबार), अगस्ट १० तारिख(आइतबार) बेलुकी ७:३० देखि ७:३५ सम्म ओसानबाशी
● खामाकुरा आतिशबाजी प्रदर्शन
जुलाई १८ तारिख (शुक्रबार) बेलुकी ७:२० देखि खामाकुरा समुद्री किनार (युइगाहामा समुद्री किनार, जाइमोकुजा समुद्री किनार)
● आचुगी आयु महोत्सव आतिशबाजी प्रदर्शन
अगस्ट २ तारिख (शनिबार) समय निर्धारण भएको छैन् सागामी नदीको विभिन्न किनारहरु आदि
● कुरिहामा पेरी महोत्सव आतिशबाजी प्रदर्शन
अगस्ट २ तारिख (शनिबार) बेलुकी ७:३० देखि ८:०० सम्म पेरी पार्क, कुरिहामा समुद्री किनार आदि
● साजान बीच चिगासाकी आतिशबाजी प्रदर्शन
अगस्ट २ तारिख (शनिबार) बेलुकी ७:३० देखि ८:१० सम्म साजान बीच चिगासाकी
● युगावारा ओन्सेन समुद्री आतिशबाजी प्रदर्शन
अगस्ट ३ तारिख (आइतबार) बेलुकी ८:०० देखि ८:२० सम्म योशिहामा समुद्री किनार
● खानाजावा महोत्सव आतिशबाजी प्रदर्शन
अगस्ट ३० तारिख (शनिबार) बेलुकी ७:०० देखि ८:०० सम्म खानाजावा वडाको उमी-नो-कोउएन
प्रदर्शनको दिन, समय र ठाउँ परिवर्तन हुन सक्ने भएकोले ध्यान दिनुहोस्।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne