
- 配信日
- 2025年07月31日
- 配信先グループ
- नेपाली
- [IKN25-11]【होउ-तेरासु (कानूनी सहायता संस्था)】
-
होउ-तेरासु (कानूनी सहायता संस्था) ले बहुभाषामा जानकारीहरु प्रदान गर्ने सेवाहरु दिने गर्दछ।
ऋण, सम्बन्ध विच्छेद, श्रम, दुर्घटना, भिषा, प्राकृतिक प्रकोप आदिका कारणले परिरहेको समस्याहरुको बारेमा परामर्श लिन सक्नुहुन्छ।
भाषिक अनुवादक मार्फत समस्याहरुको समाधान गर्न मद्दत पुग्ने जापानको कानुनी प्रणाली तथा परामर्श लिन मिल्ने ठाउँहरुको परिचय गर्ने कामहरु गर्दछ।
परामर्श नि:शुल्क हो।
परामर्शको भाषाहरु: सजिलो जापानिज, अंग्रेजी, चाइनिज, कोरियन तथा उत्तर कोरियन, स्पेनिस, पोर्चुनिज, भियतनामी, तागालोग, नेपाली, थाई, इन्डोनेसियाली
फोन नं.: ०५७०-०७८३७७ (सरकारी कार्यालय खुल्ले दिनहरु बिहान ९:०० देखि साँझ ५:०० सम्म)
विस्तृत जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्।
https://www.houterasu.or.jp/site/foreign-nationals/
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne