
- 配信日
- 2025年09月10日
- 配信先グループ
- नेपाली
- [IKN25-15]【बच्चालाई नर्सरी स्कूल अथवा किन्डरगार्टेनमा राख्न चाहने व्यक्तिहरुको लागि】
-
जापानमा ६ वर्ष पुगेका बच्चाहरु अप्रिल महिना देखि प्राथमिक विद्यालय जान्छन्। । त्यसअघि नर्सरी स्कूल अथवा किन्डरगार्टेनमा जान जान्छन्। ।
नर्सरी स्कूलमा 0 देखि ६ वर्षका बच्चाहरु र किन्डरगार्टेनमा ३ देखि ६ वर्षका बच्चाहरु जान्छन्।
जापानमा अधिकांश बच्चाहरु प्राथमिक विद्यालयमा भर्ना हुन अघि नर्सरी स्कूल अथवा किन्डरगार्टेनमा जान्छन्।
जापानमा बच्चालाई हुर्काइ राख्नु भएको व्यक्तिले आफ्नो बच्चालाई नर्सरी स्कूल अथवा किन्डरगार्टेनमा पठाउने बारे विचार गरेर हेर्ने होइन् त?
बहुभाषामा व्याख्या गरिएका पर्चाहरु छन्।
https://www.kifjp.org/child/supporters#hoiku
(चाइनिज भाषा, भियतनामी भाषा, स्पेनिश भाषा, पोर्चुगिज भाषा, अंग्रेजी भाषा)
अर्को वर्षको अप्रिलमा बच्चालाई नर्सरी स्कूल अथवा किन्डरगार्टेनमा राख्न चाहनुहुन्छ भने त्यसको आवेदन सामान्यतया अक्टोबर महिना बाट शुरु हुन्छ।
आवेदन दिनु अघि कहाँको नर्सरी स्कूल अथवा किन्डरगार्टेनमा आफ्नो बच्चालाई पठाउने सोच्नु भएको हो एक पटक त्यस नर्सरी स्कूल अथवा किन्डरगार्टेनमा गएर हेर्ने सुझाव दिन्छौँ ।
बस्ने ठाँउ अनुसार आवेदन दिने अवधि फरक हुने भएकोले नजिकको नगरपालिका अथवा वडा कार्यालयमा सोधेर हेर्नुहोस्।
भाषा अनुवादको आवश्यक परेमा पहिले नै "बहुभाषी सहयोग केन्द्र खानागावा" मा फोन गर्नुहोस्।
टेलिफोनको भाषा अनुवाद सुविधा नि:शुल्क उपयोग गर्न सक्नुहुन्छ।
०४५-३१६-२७७०
३ वर्ष पुगेका बच्चाहरुको नर्सरी स्कूल र किन्डरगार्टेनको शुल्क निःशुल्क हुन्छ।
※नर्सरी स्कूलको शुल्क बच्चाको ३ वर्षको जन्मदिन पछिको अप्रिल १ तारिख देखि निःशुल्क हुनेछ। ३ वर्षको जन्मदिन पछि किन्डरगार्टनमा बच्चालाई भर्ना गरेमा किन्डरगार्टनको शुल्क नि:शुल्क हुनेछ (बढीमा मासिक २५,७०० येन सम्म मात्र नि:शुल्क हुन्छ)।
https://www.cfa.go.jp/policies/kokoseido/mushouka/about/
(जापानिज भाषा, चाइनिज भाषा, स्पेनिश भाषा, पोर्चुगिज भाषा, अंग्रेजी भाषा, कोरियन भाषा)※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne