- 配信日
- 2025年12月19日
- 配信先グループ
- नेपाली
- [IKN25-25]【छिटै २०२५ साल पनि सकिँदैछ】
-
२०२५ साल तपाईहरुको लागि कस्तो वर्ष रह्यो?
वर्षको अन्त्य र नँया वर्षको बिदाहरुमा ध्यान दिनुपर्ने केहि कुराहरूको बारे जानकारी गर्दैर्छौं।
●अस्पतालमा जँचाउने
वर्षको अन्त्य र नँया वर्षको बिदाहरुमा अस्पताल बन्द हुन्छ।
त्यसैले अर्को पटक जँचाउन जाने दिन सम्मको लागि पुग्ने औषधी छ छैन, अकस्मात बिरामी हुँदा जँचाउन जान मिल्ने अस्पतालहरु कँहा छन् आदि बुझि राखौं।
●सरुवा रोग देखि सावधान रहौं।
जाडो मौसममा इन्फुलेन्जा, रुघा, निमोनिया, पेट दुख्ने जस्ता रोगहरु सजिलै लाग्न सक्छ।
बाहिर जाँदा मास्क लगाएर जाऔं र बाहिरबाट घरमा फर्केपछि मुख कुल्ला गर्ने र हात धुने गरौं।
साथै आफ्नो शरीरलाई पुग्ने गरी सुत्ने र सन्तुलन मिलाएर खानेकुराहरु खाने गरौं।
●सवारी दुर्घटना देखि सावधान रहौं।
वर्षको अन्त्य र नँया वर्षको बिदाहरुमा सवारी चलाउने मानिसहरु बढ्छन्।
सवारी चलाउने अथवा नचलाउने दुवै सवारी दुर्घटना बाट जोगिन पुर्ण रूपमा सावधान रहौं।
●धेरै खाने र धेरै पिउने नगरौं।
पुरानो वर्षलाई बिर्सिने र नँया वर्षलाई स्वागत गर्ने जस्ता जमघटहरुमा खानपिनको कार्यक्रम धेरै हुने गर्दछ।
रक्सी धेरै पिउनाले हुने आकस्मिक रक्सी विषाक्तता,खाना विषाक्तता (फुड पोइजन) र भाइरस समक्रमण जस्ता कुराहरुबाट सावधान रहौं।
यस वर्षको सहयोगको लागि धन्यवाद।
नयाँ वर्ष सुखद रहोस् (योइ ओतोसि ओ)!
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






