配信日
2026年01月21日
配信先グループ
नेपाली
[IKN25-28]【निम्न माध्यमिक विद्यालय तेस्रो वर्षका बच्चा भएका परिवारहरुको लागि ~उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षाको बारेमा~】

 उच्च माध्यमिक विद्यालयमा भर्ना हुने परीक्षा फेब्रुअरीमा छ।

परीक्षा दिनको लागि इन्टरनेट बाट आवेदन दिनु पर्ने हुन्छ।

 

सरकारी निम्न माध्यमिक विद्यालय अथवा निजी निम्न माध्यमिक विद्यालयमा पढिरहेका विद्यार्थीहरुले आफ्नो विद्यालयको "इन्टरनेट आवेदन प्रणाली" बाट दर्ता गरेर विद्यालय मार्फत आवेदन दिनुहोस्।

 

यो २०२६ सालको प्रवेश परीक्षाको तालिका हो।

आवेदन दिने अवधि: २०२६/ १/ २३ (शुक्रबार) देखि १/ २९ (बिहीबार) सम्म  *इन्टरनेट आवेदन प्रणाली

आवेदन परिवर्तन गर्ने अवधि: २०२६/ २/ ४ (बुधबार) देखि २/ ६ (शुक्रबार) सम्म  *इन्टरनेट आवेदन प्रणाली

परीक्षा दिने मिति: २०२६/ २/ १७ (मंगलबार)

नतिजा घोषणा: २०२६/ २/ २७ (शुक्रबार)  *इन्टरनेट आवेदन प्रणाली

 

आवेदन दिने तरिका तथा परीक्षाको बारे थप जानकारी चाहिएमा आफ्नो विद्यालयको शिक्षकलाई सोध्नुहोस्।

 

सरकारी विद्यालय भर्ना सम्बन्धित बहुभाषिक गाइडबुक पनि छ।

विस्तृत जानकारीको लागि तलको लिङ्कमा हेर्नुहोस्।

https://www.pref.kanagawa.jp/docs/dc4/nyusen/nyusen/nihongobogo.html

(१० वटा भाषाहरु: अंग्रेजी, चाइनिज, स्पेनिश, पोर्तुगली, तागालोग, कोरियन तथा उत्तर कोरियन, थाई, खमेर, नेपाली र भियतनामी)

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ