- 配信日
- 2026年01月16日
- 配信先グループ
- नेपाली
- [IKN25-27] 【अनलाइन किनमेलबाट सावधान】
-
अनलाइन किनमेल धेरै सुविधाजनक छ।
तर किनेको सामान नआउने, आएको सामान नक्कली हुने जस्ता समस्याहरु कहिलेकाहीं आउन सक्छ।
निम्न अवस्थाहरुमा सावधानी अपनाउनुहोस् ।
सामान किन्न अगाडि विश्वसनीय साइट हो कि होइन् , सामाजिक सञ्जाल (SNS) को विज्ञापन वास्तविक हो कि होइन् राम्ररी हेर्नुहोस्।
・धेरै नै सस्तो
・सामान र पसलको जानकारी नभएको
・सामान प्रयोग गरेको व्यक्तिहरुले लेखेको समीक्षाहरु त्यति राम्रो नभएको
सामान किनमेल गर्दा समस्या परेर गाह्रो भएको बेलामा परामर्श लिन सक्नुहुन्छ।
उपभोक्ता मामिला परामर्श केन्द्र फोन नं.: 188
परामर्श जापानी भाषामा मात्र उपलब्ध छ। भाषा अनुवादको आवश्यक परेमा "बहुभाषी सहयोग केन्द्र खानागावा" मा फोन गर्नुहोस्।
पैसा लाग्दैन।
०४५-३१६-२७७०
https://kifjp.org/kmlc/※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






