配信日
2024年09月12日
配信先グループ
नेपाली
[IKN24-21] 【ड्राइभिङ लाइसेन्सको परीक्षा अब २० वटा भाषामा दिन मिल्ने भएको छ】

२० वटा भाषामा ड्राइभिङ लाइसेन्सको परीक्षा दिन मिल्ने भएको छ।

यो परीक्षा ड्राइभिङ सम्बन्धित विधिहरु र नियमकानुनको बारे प्रश्नहरु समावेश गरिएको लिखित परीक्षा हो।

 

भाषाहरु:

अरबी भाषा, इन्डोनेसियाली भाषा, युक्रेनी भाषा, उर्दू भाषा, अंग्रेजी भाषा, कोरियन भाषा, खमेर भाषा, सिंहली भाषा, स्पेनिश भाषा, थाई भाषा, तागालोग भाषा, चाइनिज भाषा, नेपाली भाषा, हिन्दी भाषा, भियतनामी भाषा, फारसी भाषा, पोर्तुगली भाषा, बर्मी भाषा, मंगोलियन भाषा, रुसी भाषा

 

परीक्षा दिन मिल्ने लाइसेन्सहरुको वर्गीकरण:

● प्रथम श्रेणीको चालक लाइसेन्स: कार अथवा मोटरसाइकल चलाउन

● दोस्रो श्रेणीको चालक लाइसेन्स: टूरिस्ट बस, ट्याक्सी जस्ता पर्यटक गाडी, अरुको सट्टा चलाउने सामान्य कारहरु चलाउन

● अस्थायी चालक लाइसेन्स: प्रथम श्रेणीको चालक लाइसेन्स लिन चाहने व्यक्तिले अभ्यास इत्यादिको लागि गाडी चलाउनु परेमा

 

तर मोटरसाइकलको लाइसेन्सको परीक्षा चाहि जापानिज भाषा र अंग्रेजी भाषामा मात्र उपलब्ध छ।

 

विदेशी भाषामा परीक्षा दिन चाहनुहुन्छ भने निवेदन दिने बेलामा सूचित गर्नुहोस्।

खानागावा प्रान्तमा चालक लाइसेन्स केन्द्रमा चालक लाइसेन्सको परीक्षा दिन सक्नुहुन्छ।

केन्द्र सम्म जान सोउतेचु लाइनको फुतामातागावा स्टेशन बाट पैदल हिडेर १५ मिनेट लाग्छ।

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ