
- 配信日
- 2020年07月16日
- 配信先グループ
- नेपाली
- [IKN20-15]【सवारी चलाउदै मोबाइल अथवा नेभिगेसन चलाएमा गरिने कार्वाहिमा कडाई गरिएको छ】
-
जापानमा मोबाइल (स्मार्ट फोन) अथवा नेभिगेसन हेर्दै तथा चलाउदै सवारी चलाउने गर्नाले घट्ने दुर्घटनाहरु बढिरहेका छन्।
सवारी चलाउदा मोबाइलमा कुरा गर्दै, मोबाइल अथवा नेभिगेसन हेर्दै तथा चलाउदै सवारी चलाउने गर्नु गैर कानूनी कार्य हुन सक्दछ।
गाडि मात्र नभई, मोटर साइकल अथवा साइकल चलाउदा पनि त्यस्तो कामहरु गर्न निषेध गरिएको छ।
दुर्घटनालाई न्यूनीकरण गर्नाको लागि गत बर्षको डिसेम्बर महिना बाट नियम पालना नगरेमा गरिने कार्वाहिमा कडाई गरिएको छ।
गाडि, मोटर साइकल, साइकल आदि चलाउने बेलामा मोबाइल अथवा नेभिगेसन चलाउनु खतरानाक हुने हुँदा कुनैपनि हालतमा नचलाउनु होस्।विस्तृत कार्वाहिको बारेमा थाहा पाउनको लागि यसमा हेर्नु होस्।
https://www.gov-online.go.jp/useful/article/201707/2.html (जापानिज भाषामा मात्र)केहि नबुझेका कुरा भएमा “बहुभाषी नेभिगेसन प्रणाली खानागावा”मा फोन बाट सम्पर्क गर्नुहोस्।
045-316-2770
बार अनुसार वैदेशिक भाषाको स्टाफ र सहयोग उपलब्ध हुने भाषा फरक हुने हुनाले बार र भाषाको जानकारीको लागि यसमा हेर्नु होस् ।
http://kifjp.org/kmlc/
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne