
- 配信日
- 2020年12月22日
- 配信先グループ
- नेपाली
- [IKN20-32]【छिटै २०२० साल पनि सकिँदैछ】
-
तपाईंहरुको २०२० साल कसरी बित्यो?
वर्षको अन्त्य र नँया वर्षको छुट्टिहरुमा ध्यान दिनुपर्ने कुराहरूको बारे जानकारीमा गर्दैर्छौं।
●अस्पतालमा जँचाउने बारे
वर्षको अन्त्य र नँया वर्षको छुट्टिहरुमा अस्पतालहरू बन्द हुन्छ।
त्यसैले अर्को पटक जचाउन जाने दिन सम्मको लागि पुग्ने औषधी छ छैन, अकस्मात बिरामी हुँदा जचाउन जान मिल्ने अस्पतालहरु काहा छ, बुझि राखौं।
●संक्रामक रोगहरुदेखि सावधान रहौं।
जाडो मौसममा इन्फुलेन्जा, रुघा, निमोनिया र ग्यास्ट्रोएन्टेरिटिस जस्ता रोगहरु सजिलै लाग्न सक्छ।
कोरोना भाइरसको संक्रमण बाट जोगिन पनि सावधान रहनुहोस्।
बाहिर जाँदा मास्क लगाएर जाऔं र घरमा फर्केपछि मुख कुल्ला गर्ने, हात धुने गरौं।
साथै, निन्द्रा नबिगार्ने र सन्तुलन मिलाएर खानेकुराहरु खाने गरौं।
●सवारी दुर्घटना देखि सावधान रहौं।
वर्षको अन्त्य र नँया वर्षको छुट्टिहरुमा सवारी चलाउने मान्छेहरु धेरै हुन्छन्।
सवारी चलाउने अथवा नचलाउने दुवै व्यक्ति सवारी दुर्घटनाहरूको बारे पुर्ण रूपमा सावधान रहौं।
●धेरै खाने र धेरै पिउने नगरौं।
वर्षको अन्त्यमा र नँया वर्षमा खानपिनको कार्यक्रम धेरै हुने गर्दछ।
रक्सि धेरै पिउनाले हुने आकस्मिक रक्सी विषाक्तता,खाना विषाक्तता र भाइरस समक्रमण जस्ता कुराहरुबाट सावधान रहौं।
●घरमा कोहि नहुँदा घरमा चोर पस्न सक्ने हुनाले ध्यान पुर्याऔं।
घरको हुलाक बाक्समा कागजपत्रहरु टन्न भयोभने लामो समयको लागि घरमा कोहि मान्छे नरहेको भन्ने लगाइन्छ। केही छिनको लागी मात्र भएपनि बाहिर निस्कने बेलामा अनिवार्य रूपमा घरको ढोकामा ताल्चा लगाऔं।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne