
- 配信日
- 2021年04月16日
- 配信先グループ
- नेपाली
- [IKN21-2]【कोरोना भाइरस विरुद्धको खोप लगाउने बारे】
-
जापानमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु भएको छ।
सन् २०२२ साल फेब्रुअरीको अन्त्य सम्ममा जापनको सबै बासिन्दाहरुलाई खोप लगाई दिई सक्ने योजना रहेको छ।
पहिले स्वास्थ्य कर्मीहरु बाट खोप लगाउन शुरु हुने छ।
त्यस पछि, ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु र जेष्ठ नागरिक बाहेकका दीर्घ रोग भएका व्यक्तिहरु, वृद्ध आश्रममा कार्यरत व्यक्तिहरूलाई खोप लगाउने कुरा भएको छ।
त्यस बाहेकका व्यक्तिहरूको खोप लगाउने पालो त्यस पछि आउनेछ।
१६ वर्ष भन्दा माथिका व्यक्तिहरूले खोप लगाउन पाउनेछ।
खोप २ पटक लगाउन पर्नेछ।
निःशुल्क हुनेछ।
जापानको नागरिकता नभएका व्यक्तिहरूले पनि यो खोप लगाउन पाउनेछ।
विस्तृत जानकारीको लागि तपाईं बस्ने स्थानीय निकायको सूचनाको प्रतीक्षा गर्नुहोस्।।
यदि केही नबुझेका कुराहरू भएमा "बहुभाषी सहयोग केन्द्र खानागावा" मा फोन गर्नुहोस्।
बहुभाषी सहयोग केन्द्र खानागावा
फोन नं.: 045-316-2770
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
http://www.kifjp.org/infokanagawa/ne