
- 配信日
- 2021年09月13日
- 配信先グループ
- नेपाली
- [IKN21-20]【एकल अभिभावकहरुको लागि आर्थीक सहयोग】
-
यो जानकारी कम आय भएका एकल अभिभावकहरुको लागि आर्थिक सहयोग दिइने बारे हो।
यस प्रकारको आर्थिक सहयोग भनेको तलका शर्तहरु पुरा गरेका एकल अभिभावकहरुलाई सहयोग स्वरुप दिइने रकम हो।
(१)अप्रिल महिनामा「बालबालिका हुर्काउने भत्ता "जिदो फूयो तेआते"」लिएका व्यक्तिहरु
(२)सार्वजानिक पेन्सन लिएकोले「बालबालिका हुर्काउने भत्ता "जिदो फूयो तेआते"」नलिएको व्यक्तिहरु
(३)कोरोना भाइरसका कारणले आम्दानी घटेर「बालबालिका हुर्काउने भत्ता "जिदो फूयो तेआते"」लिएका व्यक्तिहरु र आम्दानी घटेका व्यक्तिहरु
१ जना बच्चा बराबर ५० हजार येन सहयोग स्वरुप दिइने छ।
आर्थिक सहयोगको लागि आवेदन दिने परिवारको आयको सीमा तोकिएको छ।
(२),(३) को व्यक्तिहरुले आवेदन फाराम बुझाउनु पर्नेछ।
विस्तृत जानकारीको लागि नजिकको नगरपालिका अथवा वडा कार्यलयमा सोध्नुहोस्।
https://www.mhlw.go.jp/content/11920000/000779337.pdf
नबुझेका कुराहरु भएमा「बहुभाषिक सहयोग केन्द्र कानागावा」मा फोन गरेर सोध्नुहोस्।
045-316-2770
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne