
- 配信日
- 2022年05月26日
- 配信先グループ
- नेपाली
- [IKN22-04]【भिडियोबाट जापनिज भाषा सिक्ने साइटहरु】
-
जापानमा बसोबास गरिरहेका विदेशीहरु लक्षित जापानिज भाषा सिक्ने साइटहरुको बारेमा जानकारी दिनेछौ।
「जोडिनु र फराकिलो बनाउनु जापानिज भाषालाई प्रयोगमा ल्याएर जीवन」“चुनागारू हिरोगारु निहोन्गोदेनो कुरासी”भन्ने नामको संस्कृति विभागले खोलेको वेबसाइट हो।
दिनहु सामानहरु किन्दा, सरकारी कार्यालयको प्रक्रिया आदि विशेष गरी दैनिक जीवनमा प्रयोग हुने जापानिज भाषा समेटेर बनाएको आफैं पढेर सिक्न सकिने साइट हो।
२८ वटा अवस्थाको भिडियो राखिएको छ।
वास्तविक जीवनमा कस्तो खालको जापानिज भाषा प्रयोग गरिन्छ भन्ने कुरा भिडियो हेरेर सिक्न सक्नुहुन्छ। साथै जीवनयापन सम्बन्धि ज्ञान पनि हासिल गर्न सक्नुहुन्छ।
त्यसबाहेक, भिडियोमा प्रयोग गरेको जापानिज भाषालाई तीनवटा स्तरमा विभाजन गरिएको छ। सिक्न चाहेको अवस्था अथवा आफ्नो जापानिज भाषाको क्षमतासँग मिल्ने स्तर छान्न मिल्ने बनाइएको छ।
विभिन्न भाषामा अनुवाद पनि गरिएको छ।
भाषाहरु:अंग्रेजी, चाइनिज, पोर्तुगली, स्पेनिश, भियतनामी, इन्डोनेसियाली, तागालोग, नेपाली, खमेर, कोरियन, थाई, बर्मेली र मंगोलियन
कृपया प्रयोग गरेर हेर्नुहोस्!
https://tsunagarujp.bunka.go.jp/?lang_id=NP
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne