
- 配信日
- 2022年06月10日
- 配信先グループ
- नेपाली
- [IKN22-06]【यो वर्षबाट बाल भत्ता प्रणाली परिवर्तन हुदैछ】
-
पोहोर साल सम्म बाल भत्ता पाइरहेका व्यक्तिहरुले हरेक वर्ष जुन महिनामा "गेन्क्यो तोदोके" (त्यस वर्षको अवस्थाको बारे जानकारी) बुझाउनु पर्ने हुन्थ्यो।
यो प्रणाली परिवर्तन भएको र "गेन्क्यो तोदोके" (त्यस वर्षको अवस्थाको बारे जानकारी) बुझाउनु नपर्ने भएको छ।
तर, तल उल्लेखित व्यक्तिहरुले भने "गेन्क्यो तोदोके" बुझाउनु पर्नेछ।
१. सम्बन्ध विच्छेदको प्रकृयामा रहेको र पति/पत्नी सँग छुटेर बस्दै आएको कुराको आवेदन दिएको व्यक्ति
२. पति/पत्नी बाट घरेलू हिंसा आदि भएको कारणले सरकारी कार्यालयमा दर्ता भएको ठेगाना र अहिले बस्ने ठेगाना फरक भएको व्यक्ति
३. बाल भत्ता पाउने बच्चाको बसाई दर्ता नभएको व्यक्ति
४. नाबालकको संरक्षक रहेको संस्था, कार्यलय तथा धर्म अभिभावक
५. त्यसबाहेक अवस्था जाँच्नु पर्ने व्यक्ति
यसपालीको परिवर्तनको बारे नबुझेको कुराहरु भएमा आफु बस्ने नगरपालीका अथवा वडा कार्यालयमा सम्पर्क गरी सोधपुछ गर्नुहोस्।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne