
- 配信日
- 2022年07月21日
- 配信先グループ
- नेपाली
- [IKN22-10]【लु (हिटस्ट्रोक) बाट बचौँ!】
-
गर्मी बढ्दै छ।
लु (हिटस्ट्रोक) बाट बचौँ!
बहुभाषामा लु (हिटस्ट्रोक) बाट बच्ने उपायबारे बयान गरिएको जानकारी पर्चा यो वेबसाइटमा छ।
अवश्य हेर्नुहोस्।
https://www.mhlw.go.jp/seisakunitsuite/bunya/kenkou_iryou/kenkou/nettyuu/nettyuu_taisaku/pamph.html
●मास्क बारे
मास्क लगाउदा छाला बाट तातो हावा बाहिर भाग्न सक्दैन र सजिलै लु (हिटस्ट्रोक) लाग्न सक्दछ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले घर बाहिर मास्क लगाउन जरुरी नभएको भनि घोषणा गरेको छ।
विशेष गरी व्यायाम गर्दा मास्क निकाल्ने गरौं।
तर २ मिटर भन्दा कम दूरीको व्यक्तिसँग कुरा गर्दा मास्क लगाउने गरौं।
त्यसबाहेक तिर्खा नलागे पनि बेला-बेलामा पानी पिउने गरौं।
●एयर कन्डिसन प्रयोग बारे
लु (हिटस्ट्रोक) बाट बच्नको लागि एयर कन्डिसन प्रभावकारी हुन्छ।
तर कोरोना बाट जोगिनको लागि एयर कन्डिसन चलाउदा पनि बेला बेलामा झ्याल खोलेर अथवा भेन्टिलेटर चलाएर कोठामा ताजा हावा पस्न दिने गरौं।
झ्याल खोलेर हावा पस्न दिँदा कोठाको तापक्रम बढ्ने हुनाले एयर कन्डिसनको तापक्रम घटाउने आदि गरेर तापक्रम मिलाउने गरौं।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।**********************
खानागावा अन्तराष्ट्रिय नियोग
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne