
- 配信日
- 2023年11月21日
- 配信先グループ
- नेपाली
- [IKN23-25]【भाडाको कोठा छोड्ने बेला】
-
भाडाको कोठा छोड्ने बेलामा बिग्रेको, चर्केको कोठाको भागहरु मर्मत गर्न आवश्यक हुन्छ।
यसलाई पहिलाको जस्तै बनाउनु, “गेन्ज्यो खाइफ़ुकु” भनिन्छ।
पहिलाको जस्तै बनाउने (गेन्ज्यो खाइफ़ुकु) को बारेमा व्याख्या गरेको बहुभाषिक पर्चाहरु छन्।
ति पर्चाहरु पढ्नु भएमा कोठा सर्न अघि, कोठामा बस्दा र कोठा छोड्ने बेलामा के कस्ता कुराहरुमा ध्यान दिनु पर्छ भन्ने बारे थाहा पाउनुहुनेछ।
कोठा भाडामा लिएर बसेको व्यक्ति अथवा कोठा भाडामा लिने योजना भएको व्यक्तिले अवस्य पढेर हेर्नुहोस्।
〇 पर्चाहरुको विषयवस्तु
・कोठा छोड्ने बेलामा लाग्ने शुल्कको बारे
・कोठाको बिग्रेको, चर्केको भागहरुको मर्मत खर्च कसले बेहोर्ने
・कोठा प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु
भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय「भाडाको कोठा छोड्ने बेला पहिलाको जस्तै बनाउने सम्बन्धि बुँदाहरु」"
https://www.mlit.go.jp/jutakukentiku/house/content/001595145.pdf
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne