
- 配信日
- 2023年12月13日
- 配信先グループ
- नेपाली
- [IKN23-28]【मर्मत सेवाहरु प्रयोग गर्दा आइपर्ने समस्याहरुबाट सावधान रहौं】
-
घरको शौचालय बिग्रिएको बेलामा हतारिएर मर्मत सेवाको लागि फोन गरेर बोलाउदा धेरै महँगो रकम तिर्नु पर्ने हुन सक्छ।
शौचालय जाम हुँदा अथवा पानी चुहिंदा पहिला आफुले गर्न सक्ने कुराहरु गरेर हेर्नुहोस् (रबर कप प्रयोग गरेर हेर्ने, पानी रोक्ने भल्भ बन्द गर्ने आदि)
त्यसपछि मर्मत सेवाहरुको बारेमा खोजेर, लाग्ने रकम कति हो सोधेर मात्र मर्मतको लागि अनुरोध गर्नुहोस्।
हतार नगरीकन मर्मतको विवरण तथा रकम उपयुक्त छ कि छैन् भनेर राम्ररी बुझेर हेर्नुहोस्।
मर्मत सेवाहरुको समस्याको बारेमा परामर्श लिन सक्नुहुन्छ।
उपभोक्ता मामिला परामर्श काउन्टर
फोन नं.: १८८
परामर्श जापानी भाषामा मात्र उपलब्ध छ। भाषिक अनुवादक चाहिएमा "बहुभाषिक सहायता केन्द्र खानागावा" मा फोन गर्नुहोस्।
०४५–३१६–२७७०
मर्मत सेवाहरुको समस्याको बारेमा विभिन्न भाषाहरुमा पढ्न सकिन्छ।
https://www.kokusen.go.jp/c-edu/pdf/tr_rep-t_ja_lf.pdf (जापानी भाषा)
https://www.kokusen.go.jp/c-edu/pdf/tr_rep-t_en_lf.pdf (अंग्रेजी भाषा)
https://www.kokusen.go.jp/c-edu/pdf/tr_rep-t_zh-CN_lf.pdf (चाइनिज भाषा)
https://www.kokusen.go.jp/c-edu/pdf/tr_rep-t_vi_lf.pdf (भियतनामी भाषा)
https://www.kokusen.go.jp/c-edu/pdf/tr_rep-t_po_lf.pdf (पोर्तुगली भाषा)
https://www.kokusen.go.jp/c-edu/pdf/tr_rep-t_ta_lf.pdf (तागालोग भाषा)
स्वतन्त्र प्रशासनिक निगम राष्ट्रिय उपभोक्ता मामिला केन्द्र:
https://www.kokusen.go.jp/c-edu/data/c-edu_foreign_lf.html
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne