
- 配信日
- 2024年02月21日
- 配信先グループ
- नेपाली
- [IKN23-34]【रेलको लिकमा नझर्नुहोस्】
-
रेलको लिकमा सामान खसाले पनि कुनै हालतमा पनि रेलको लिकमा नझर्नुहोस्।
करेन्ट लाग्न सक्ने, रेलले हान्न सक्ने भएकोले धेरै खतरा हुन्छ।
●रेलको लिकमा सामान खसालेको बेला
तुरुन्तै स्टेशनको कर्मचारीलाई जानकारी गर्नुहोस्।
स्टेशनको कर्मचारीले सुरक्षाको जाँच गरेर खसेको सामान निकाल्छ।
केही स्टेशनहरुमा स्टेशनको कर्मचारीलाई प्लेटफर्ममा बोलाउन प्रयोग गर्ने मिल्ने स्विच (फोन) रखिएको हुन्छ।
झुक्किएर रेललाई रोक्ने आपतकालीन स्विच नथिच्नुहोस्।
●मान्छे रेलको लिकमा खसेको बेला
मान्छे रेलको लिकमा खस्दा तथा कसैको ज्यान जोखिममा परेको अवस्थामा प्लेटफर्ममा भएको रेललाई रोक्ने आपतकालीन स्विच थिच्नुहोस्।
रेललाई रोक्ने आपतकालीन स्विच थिच्नु भयो भने स्टेशनको कर्मचारी दौडेर प्लेटफर्ममा आएर तुरुन्तै रेललाई रोक्छ।
झुक्किएर रेललाई रोक्ने आपतकालीन स्विच थिच्नु भयो भने जरिवाना आदि तिराउन सक्ने हुँदा होस् गर्नुहोला।
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne