
- 配信日
- 2024年06月18日
- 配信先グループ
- नेपाली
- [IKN24-09] 【वर्षायाम को बारेमा】
-
जापानमा मे महिना देखि जुलाई महिना भित्र वर्षा धेरै हुने मौसम हुन्छ।
बर्षायाम “चुयु“ भन्ने मौसम हो।
होक्काइदो र ओगासावारा टापुमा बर्षायाम हुँदैन।
वर्षायाममा तापक्रम बढ्छ ।
सजिलै ढुसी पर्न सक्ने भएकोले भान्सा र बाथरुम समय-समयमा सफा गरौं।
लुगा राख्ने दराज र जुत्ता राख्ने र्याकमा ढुसी पर्न नदिने औषधी राखी छोड्नु राम्रो हुन्छ।
वर्षायाममा पट्याउन मिल्ने सानो छाता बोकेर हिड्दा ढुक्क हुन्छ।
वर्षायाम सकिएपछि आँधीबेरी (ताइफुन) को मौसम आउँछ।
हालका वर्षहरुमा आँधीबेरीको कारणले हुने प्रकोपहरु बढ्दै गएको हुनाले सावधान रहनुहोस्।
आँधीबेरी र भारी वर्षाको बेलामा सावधान रहन आवश्यक कुराहरु लेखेको पर्चा छ।
विभिन्न भाषाहरुमा पढ्न सक्नुहुन्छ।
https://www.kifjp.org/shuppan/multi#bousait
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne