- 配信日
- 2024年11月08日
- 配信先グループ
- नेपाली
- [IKN24-28]【मोबाइल प्रयोग गर्दै साइकल चलाउनु, मदिरा सेवन गरी सवारी चलाउनु गैरकानुनी हो!】
-
मोबाइल प्रयोग गर्दै साइकल चलाएको कारणले हुने घातक तथा गम्भीर दुर्घटना बढ्दै गएको छ।
सडक यातायात ऐन परिमार्जन भएको छ ।
(१) साइकल चलाउँदै मोबाइल प्रयोग गर्नु हुदैन्।मोबाइल हातमा लिएर साइकल चलाउँदै मोबाइलमा बोल्ने, मोबाइलको स्क्रिन हेर्ने जस्ता कुराहरु गर्न निषेध गरिएको छ।
साइकल रोकेर मोबाइल चलाउन भने पाइन्छ।
उल्लङ्घन गरेको व्यक्ति: ६ महिना सम्म कैद अथवा १ लाख येन सम्म जरिवाना
ट्राफिक जोखिम निम्त्याएको खण्डमा: १ वर्ष सम्म कैद अथवा ३ लाख येन सम्म जरिवाना
(२) मादक पदार्थ सेवन गरेर साइकल चलाउनेमादक पदार्थ सेवन गरेर साइकल चलाउन निषेध गरिएको छ।
तपाईले कति पिउनु भएको छ त्यसको कुनै मतलब हुदैन्।
मादक पदार्थ सेवन गरेको व्यक्तिलाई आफ्नो साइकल चलाउन नदिनुहोस्।
साइकल चलाउने योजना भएका व्यक्तिलाई मादक पदार्थ पिलाउने र मादक पदार्थ सेवन गरेको व्यक्तिले चलाएको साइकलमा सँगै चढ्ने व्यक्तिले पनि जरिवाना तिर्नु पर्ने हुन्छ।
उल्लङ्घन गरेको व्यक्ति: ३ वर्ष सम्म कैद अथवा ५ लाख येन सम्म जरिवाना
साइकल चलाउन दिएको व्यक्ति : ३ वर्ष सम्म कैद अथवा ५ लाख येन सम्म जरिवाना
मादक पदार्थ पिलाउने / मादक पदार्थ सेवन गरेको व्यक्तिले चलाएको साइकलमा सँगै चढ्ने व्यक्ति: २ वर्ष सम्म कैद अथवा ३ लाख येन सम्म जरिवाना
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne