
- 配信日
- 2025年06月10日
- 配信先グループ
- नेपाली
- [IKN25-6]【वर्षायामको बारेमा】
-
जापानमा मे महिना देखि जुलाई महिना भित्र वर्षा धेरै हुन्छ।
यो मौसमलाई "चुयु (बर्षायाम)" भनिन्छ।
वर्षायाममा सजिलै ढुसी पर्न सक्ने भएकोले भान्सा र बाथरुम समय-समयमा सफा गरौं।
लुगा राख्ने दराज र जुत्ता राख्ने र्याकमा ढुसी पर्न नदिने औषधी ("ज्योसिचुजाई (डिह्युमिडिफायर)") राख्दा राम्रो हुन्छ।
बाहिर जाँदा फोल्ड गर्न मिल्ने सानो छाता बोकेर हिड्दा ढुक्क हुन्छ।
वर्षायाम सकिएपछि "टाइफुन (आँधीबेरी)" को मौसम शुरु हुन्छ। सावधान रहनुहोस्।
विभिन्न भाषाहरुमा पढ्न सक्नुहुन्छ।
आँधीबेरी र भारी वर्षाको बेलामा के कस्तो कुराहरुमा सावधानी अपनाउनु पर्छ भनेर लेखिएको वेबसाइट छ।
https://www.kifjp.org/shuppan/multi#bousait※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne