- 配信日
- 2025年10月30日
- 配信先グループ
- नेपाली
- [IKN25-19] 【खानागावा प्रान्त उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरुको लागि अनुदानको रुपमा छात्रवृत्ति】
-
उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरुको लागि अनुदानको रुपमा छात्रवृत्ति "खानागावा केन कोउकोउसेइ नादो स्योगाकु क्युफुकिन” भनेको पढाई शुल्क बाहेकको अन्य शैक्षिक शुल्कहरुमा प्रयोग गर्न मिल्ने अनुदान हो।
फिर्ता गर्नु पर्दैन् ।
आवेदन दिन सक्ने व्यक्तिहरु (तलका सबै शर्तहरु पुरा गरेका परिवार):
●अभिभावकहरु खानागावा प्रान्तमा बसोबास गरिरहेको हुनुपर्ने।
●सरकारी सहयोगमा जीवनयापन गरिरहेको परिवार अथवा बासिन्दा कर छुट भएको परिवार हुनुपर्ने।
●लक्षित उच्च माध्यमिक विद्यालयको विद्यार्थी उच्च माध्यमिक विद्यालयमा भर्ना भएको हुनुपर्ने।
आवेदन दिने अन्तिम मिति: २०२५/१२/१५ (सोमबार) सम्म
बहुभाषाको जानकारीको लागि यो वेबसाइटमा हेर्नुहोस्।
https://www.pref.kanagawa.jp/docs/en7/cnt/f531013/index.html
निजी उच्च माध्यामिक विद्यालयमा पढ्दै हुनुहुन्छ भने आवेदन दिने विधि फरक हुन्छ।
विद्यालय मार्फत आवेदन दिनु पर्ने हुनाले विद्यालयमा सम्पर्क गर्नुहोस्।
आवेदन दिने अन्तिम मिति २०२५/११/१४ (शुक्रबार) हो।
https://www.pref.kanagawa.jp/docs/v3e/jyosei/gakuhisien/syougakukyuuhukinn.html
※ यहाँ दिइएको लिङक नखुलेमा、infokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।
**********************
खानागावा अन्तराष्ट्रिय फाउण्डेशन
बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह
E-mail: infokanagawa@kifjp.org
「INFO KANAGAWA」को बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।
तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।
https://www.kifjp.org/infokanagawa/ne






