配信日
2026年01月06日
配信先グループ
नेपाली
[IKN25-26] 【नयाँ वर्षको शुभकामना !】

नयाँ वर्षको शुभकामना

जापानमा यो वर्ष (सन् २०२६ साल) भनेको "रेइवा ८ वर्ष" हो।

 

जनवरी १ देखि ७ तारिखसम्मको अवधिलाई "नयाँ वर्ष (ओस्योगाचु)" भनिन्छ।

जापानको नयाँ वर्षमा विशेष खानेकुराहरु खाने र मन्दिर (जिन्ज्या) जाने गर्छन्।

तपाईहरुले नयाँ वर्षमा के गर्नुभयो?

 

जाडोयाममा वातावरण सुख्खा हुन्छ।

त्यस्तो मौसममा बिरामी हुन बाट बच्नको लागि अपनाउन सकिने केहि उपायहरुको जानकारी दिन्छौं ।

 

बेला बेलामा पानी पिउने

पानी हालेको कप कोठामा राखी छोड्ने

भिजेको रुमाल कोठामा झुण्डाएर राख्ने

बेला बेला झ्याल खोलेर कोठामा स्वच्छ हावा पस्न दिने

 

अब बाट झन चिसो बढ्दै जान्छ।

रुघाखोकी लागेर बिरामी नहुने गरि स्वास्थ्यमा ध्यान दिनुहोस्।

यो नयाँ वर्ष पनि तपाईहरु सबैको लागि सुखदायी वर्ष बनोस् भनि कामना गर्दछौं।

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ