配信日
2026年03月27日
配信先グループ
नेपाली
[IKN25-36]【बहुभाषिक स्वास्थ्य जाँच सम्बन्धित फाराम】

 ★☆★★☆★★☆★ई-मेल पत्रिता अन्त्यको जानकारी★☆★★☆★★☆★

    सधै, INFO KANAGAWA पढिदिनुभएकोमा धन्यवाद

२०२६ साल मार्च महिनाको अन्त्यसम्मा, ई-मेल पत्रिका पठाउने कार्य बन्द गरिनेछ।

अप्रिल महिनाबाट भने, LINE एपलिकेशनमार्फत जानकारीहरू प्राप्त गर्नसक्नुहुनेछ।

 

तल उल्लेखित साइटद्वारा, हामीलाई लाइनमा जोड्नसक्नुहुनेछ।

अवश्वपनि जोडिनुहोला र जानकारीहरूको लागी कुर्नुहोला।

https://lin.ee/bGURnSk

 

★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★★☆★


"बहुभाषिक स्वास्थ्य जाँच सम्बन्धित फाराम" को बारेमा जानकारी छ ?
जापानको अस्पतालमा रोग अथवा घाऊचोटको बारे डाक्टरलाई बयान गर्ने बेला विभिन्न भाषाहरुमा
अनुवाद गरिएको स्वास्थ्य जाँच सम्बन्धित फाराम प्रयोग गर्ने गर्छ।

होमपेज बाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।
फाराम सामान्य चिकित्सा र शल्यक्रिया जस्ता ११ विषयहरुमा विभाजन गरिएको छ। कुन विषयको
फाराम प्रयोग गर्ने हो भन्ने कुरा रोगको लक्षण अनुसार पनि छान्न सक्नुहुन्छ।

अवश्य प्रयोग गरेर हेर्नुहोस्।
https://kifjp.org/medical/


●अस्पतालमा भाषिक अनुवादकको आवश्यक भएको व्यक्तिहरुले अनुवादक प्रयोग गर्नुहोस्।
विस्तृत जानकारीको लागि "बहुभाषी सहयोग केन्द्र खानागावा" मा टेलिफोन मार्फत सम्पर्क गर्नुहोस्।
045-316-2770
https://kifjp.org/kmlc/

 

 

यहाँ दिइएको लिङक नखुलेमाg-tabunka@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: g-tabunka@kifjp.org

ページの先頭へ