配信日
2023年08月24日
配信先グループ
नेपाली
[IKN23-15]【नि:शुल्क एचआईभी परीक्षण】

खानागावा प्रान्तमा निःशुल्क एचआईभी परीक्षण उपलब्ध छ। सिफिलिस र हेपाटाइटिस बीको परीक्षण पनि गरिन्छ

गोपनीयता कायम राख्ने छौं। परीक्षणको नतिजा परीक्षण गरेको दिनमा नै थाहा पाउनुहुनेछ।

 

विदेशीहरुको लागि भनेर तोकिएको परीक्षण गर्ने दिनहरु छन्।

सेप्टेम्बर १६ तारिख, नोभेम्बर १८ तारिख, जनवरी २० तारिख, मार्च १६ तारिख (सबै शनिबार)

समय: दिउँसो ४:०० देखि साँझ ६:३० सम्म

स्थान: मिनातोमाची क्लिनिक (७-६ किन्कोच्यो, योकोहामा, खानागावा)

नक्सा: http://www.pref.kanagawa.jp/documents/28064/minatomachi_map_stel_1.jpg

जाने तरिका: योकोहामा स्टेशनको उत्तर पुर्व दिशा निस्किने गेट A बाट पैदल हिडेर ५ मिनेट

 

तपाई जान चाहेको दिन भन्दा १० दिन पहिले देखी बुकिंग गर्न सक्नुहुन्छ।

इन्टरनेट मार्फत बुकिंग गर्नुहोस्।

https://health-kanagawa.net/

(अंग्रेजी भाषा, पोर्तुगली भाषा, स्पेनिस भाषा, थाई भाषा, चाइनिज भाषा, भियतनामी भाषा)

 

सम्पर्क

जापानिज भाषा: खानागावा प्रान्त चिकित्सा सम्बन्धि आपतकालीन व्यवस्थाको मुख्य कार्यालय ०४५-२१०-४७९३

(सोमबार, मंगलबार, बुधवार, बिहीबार र शुक्रबारको बिहान ८:३० देखि साँझ ५:००)

अंग्रेजी भाषा / थाई भाषा: मिनातोमाची क्लिनिक ०४५-४५३-३६७३ (सोमबार, मंगलबार र शुक्रबारको दिउँसो १:०० देखि २:००, सम्बन्धित डा. सावादा)

स्पेनिस भाषा / पोर्तुगली भाषा: CRIATIVOS ०८०-३७२३-५७९८

 (बिहिबार दिउँसो १:०० देखि साँझ ५:००)

 

जाने दिनमा सम्पर्क गर्दा ०७०-१३०६-१७७० (दिउँसो ३:०० देखि साँझ ६:३०) मा फोन गर्नुहोस्।

अन्य भाषाहरु बोल्ने व्यक्ति भएमा खानागावा प्रान्त चिकित्सा सम्बन्धित आपतकालीन व्यवस्थाको मुख्य कार्यालयमा फोन गर्नुहोस्।

भाषा अनुवादकको आवश्यकता भएको व्यक्तिले "बहुभाषिक सहायता केन्द्र खानागावा" मा फोन गर्नुहोस्।

०४५–३१६–२७७०

https://kifjp.org/kmlc/

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ