配信日
2023年10月06日
配信先グループ
नेपाली
[IKN23-20]【नर्सरी अथवा किन्डरगार्टनमा बच्चालाई राख्न चाहने व्यक्तिहरुको लागि】

जापानमा प्राथमिक बिद्यालय भर्ना हुनुअघि जानसक्ने सुविधाहरु २ प्रकारको छन्।

जापानमा लगभग सबै बालबालिका, होइकुएन अथवा योउचिएनमा जाने गर्छन्।

 

जापानमा बच्चा हुर्काइरहनुभएको तपाइले, बच्चालाई यी कुनै एकमा पठाउने सोच्दा कस्तो होला?

होइकुएन/ योउचिएन गए, धेरै राम्रा कुराहरु छन्।

https://www.kifjp.org/child/wp-content/uploads/2023/02/eng_2023_leaflet_A4.pdf

 

अर्को वर्षको अप्रिलमा बच्चालाई नर्सरी अथवा किन्डरगार्टनमा राख्न चाहने व्यक्तिहरुले आवेदन दिनुहोस्। आवेदन लगभग अक्टोबर बाट नोभेम्बरमा खुल्छ।

बस्ने ठाँउ अनुसार आवेदन खुल्ने अवधि फरक हुन्छ।

नजिकको नगरपालिका अथवा वडा कार्यालय सम्पर्क गर्नुहोला।

 

भाषिक अनुवादको आवश्यक परेमा "बहुभाषी सहयोग केन्द्र खानागावा" मा फोन गरेर अग्रिम बुकिंग गर्नुहोला।

फोन बाट नि:शुल्क भाषिक अनुवाद सुविधाको उपयोग गर्न सक्नुहुन्छ।

045-316-2770

https://kifjp.org/kmlc/

 

३ बर्षदेखि ५ बर्षका बालबालिकाको, होइकुएन र योउचिएनको प्रयोग शुल्क, निःशुल्क छ।

होइकुएनमा, ३ बर्षको लागेपछिको अप्रिल १ तारिकबाट निःशुल्क हुन्छ। योउचिएनमा, ३ बर्ष लागेपछि भर्ना भएमा निःशुल्क हुन्छ (प्रति महिना २५,७०० एनसम्म सिमित छ) ।

https://www8.cao.go.jp/shoushi/shinseido/musyouka/about/index.html

जापानिज भाषा, अंग्रेजी भाषा, चाइनिज भाषा, कोरियन भाषा, पोर्चुगिज भाषा, स्पेनि भाषा

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ