配信日
2024年05月08日
配信先グループ
नेपाली
[IKN24-04] 【के तपाईलाई मे महिने रोगको बारे थाहा छ?】

जापानमा अप्रिल महिना बाट विद्यालय र कम्पनीको नयाँ कार्यकाल शुरु हुन्छ।

नयाँ किसिमको दिनचर्याले थकित र तनाव महसुस गर्ने मानिसहरु पनि धेरै हुन्छन्।

मे महिनाको लामो बिदा (गोल्डेन वीक) पछि मानसिक र शारीरिक संतुलन बिग्रिने अवस्थालाई जापानमा "मे महिने रोग गो गाचु ब्यो भनिन्छ।

 

मे महिने रोग लाग्दा निम्न लक्षणहरु देखिन्छन्।

· निन्द्रा नलाग्ने

· भोक नलाग्ने

· केहि गर्न जाँगर नचल्ने, केहीमा रुचि नलाग्ने

· विद्यालय अथवा काममा जान मन नलाग्ने

· छिटै थकाइ लाग्ने

यस्तो किसिमको लक्षणहरु देखिएमा आफ्नो मुड (मानसिक अवस्था) लाई परिवर्तन गर्नुहोस्।

लक्षणहरु देखा पर्न छोडेन र मानसिक ,शारीरिक अवस्था बिग्रिदै गयो भने अस्पताल जानु राम्रो हुन्छ।

 

मे महिने रोगको रोकथामको लागि पर्याप्त निद्रा र मध्यम व्यायाम उपयोगी हुन्छ।

शोख भएको कुराहरु गरेर आनन्द लिई मुड परिवर्तन गर्ने जस्ता कुराहरु पनि प्रभावकारी हुन सक्छन्।

 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ