配信日
2021年01月13日
配信先グループ
नेपाली
[IKN20-36]【राजधानी टोकियो लगायत आसपासका तीन क्षेत्रहरु साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा 'आपतकालिन घोषणा' जारी गरिएको छ】

* खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशनले NHK को समाचार तथा लेखहरू साभार गरि यो पाठको सिर्जना र अनुवाद गरेको छ।

कोरोना भाइरसको संक्रमण बढ्ने क्रम जारी छ। 

जापान सरकारले राजधानी टोकियो लगायत आसपासका तीन क्षेत्रहरु साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा 'आपतकालिन घोषणा' जारी गर्यो।

आपतकाल जनवरी ८ तारिखबाट फेब्रुअरी ७ तारिखसम्म लागू हुनेछ।

आपतकालिन घोषणामा स्थानीय बासिन्दाहरुलाई बिषेश गरि बेलुका ८ बजे पछि अत्यावश्यक बाहेक अन्य कामका लागि घर बाहिर नजान भनिएको छ। साथै, रेस्टुरेन्ट र बार इत्यादीलाई संचालन अवधि कम गरि बेलुका ८ बजे सम्म गर्ने र ७ बजेसम्म मात्र रक्सीजन्य बस्तुहरुको बिक्री बितरण गर्नको लागि अनुरोध गरिएको छ। 

साथै, सरकारको अनुरोधलाई बिना कारण पालना नगरेको खण्डमा, महामारी नियन्त्रण सम्बन्धी विशेष कानूनमा आधारित निर्देशन जारी गरि घोषणा गर्न लागेको छ।

कार्यक्रमहरुमा दर्शकको अधिकतम संख्या र कार्यक्रमस्थलको क्षमताको अलावा खाने तथा पिउने नगर्ने इत्यादी कुराहरू निर्धारित गरि, यसै अनुरुप कार्यक्रम आयोजना गर्नेको लागि अनुरोध गरेको छ।

कार्यालयमा आएर काम गर्ने कर्मचारीको संख्या ७० प्रतिशत कम गर्ने सरकारी लक्ष्य अनुरुप मानिसहरु बीच प्रत्यक्ष सम्पर्कको अवसरहरू कम गरि घरबाटै काम गर्ने 'टेलीवर्क' वा भिन्ना भिन्नै समयमा कार्यालयमा आउने 'रोटेशन कार्य' गर्नेको लागि प्रेरित गरिरहेको छ।

अर्कोतर्फ, विद्यालयहरूलाई अस्थायी रूपमा बन्द गर्न आवश्यक नरहेको, तथापी विद्यालय अवस्थित क्षेत्रको संक्रमण अवस्था अनुसार संक्रमण रोकथाम उपायहरू राम्रो संग लागू गर्न अनुरोध गरिएको छ।

विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका प्रवेश परीक्षाहरु संक्रमण रोकथाम उपायहरू या थप परिक्षा इत्यादी परीक्षा दिने अवसरहरू सुरक्षित गरि योजना अनुसार तय भएको मितिमै हुनेछ।

थप रूपमा, नर्सरी स्कूलहरू र स्कूल पछिको बालबालिकाका क्लबहरू संक्रमण रोकथाम उपायहरू पूर्णरूपमा लागू गरि सामान्य रुपमा खुला राखिनेछ।

साभार
NHK World-Japan https://www3.nhk.or.jp/nhkworld/en/news/tags/82/



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

http://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ