配信日
2021年08月11日
配信先グループ
नेपाली
[IKN21-16]【हपहप गर्मी (हिटस्ट्रोक) बाट बचौँ!】

गर्मी बढ्दै छ।

हपहप गर्मी (हिटस्ट्रोक) बाट बचौँ

बहुभाषामा हपहप गर्मी (हिटस्ट्रोक) बाट कसरी बच्न सकिन्छ भन्ने जानकारीको पर्चा यो वेबसाइटमा छ।

हेर्नुहोस्।

https://www.mhlw.go.jp/seisakunitsuite/bunya/kenkou_iryou/kenkou/nettyuu/nettyuu_taisaku/pdf/necchushoyobou/necchushoyobou_np.pdf

https://www.mhlw.go.jp/seisakunitsuite/bunya/kenkou_iryou/kenkou/nettyuu/nettyuu_taisaku/pdf/seikatuyousiki/seikatuyousiki_np.pdf

 

मास्कको बारे

बढि तापक्रम अथवा बढि आद्रता भएको वातावरणमा मास्क लगाउँदा हपहप गर्मी (हिटस्ट्रोक) को जोखिम बढि हुन्छ। त्यसैले बाटोमा हिड्दा यदि अरु मानिसहरूसँग प्रयाप्त दुरी (कम्तिमा २ मिटर) राखेर हिडेको बेलामा मास्क फुकाल्ने गरौं।

मास्क लगाएर धेरै गह्रौ सामान बोक्ने जस्ता भारी काम र व्यायाम नगरौं। तिर्खा नलागे पनि बेलाबेलामा पानी पिउनु पर्ने कुराहरुमा ध्यान दिने गरौं।

साथै वरिपरिका मानिसहरूसँग दुरी कायम गर्न सकेको बेलामा एकछिन भएपनि मास्क फुकालेर बस्ने जस्ता कुराहरु पनि महत्वपूर्ण हुन्छ।

 

एयर कन्डिसनको प्रयोगको बारे

हपहप गर्मी (हिटस्ट्रोक) बाट बच्नको लागि एयर कन्डिसनको प्रयोग प्रभावकारी हुन्छ। तर कोरोनाको संक्रमणबाट जोगिनको लागि एयर कन्डिसन चलाउदा पनि समय-समयमा झ्याल खोलेर अथवा भेन्टिलेटर चलाएर कोठामा ताजा हावा पस्न दिनु अति आवश्यक हुन्छ। त्यसरी कोठामा ताजा हावा पस्न दिँदा कोठाको तापक्रम बढ्ने हुनाले एयर कन्डिसनको तापक्रम मिलाएर राख्ने गरौं।

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ