配信日
2022年08月23日
配信先グループ
नेपाली
[IKN22-13]【आर्थिक समस्याको कारणले स्वास्थ्य उपचारबाट बञ्चित व्यक्तिहरुका लागि】

 

"नि:शुल्क अथवा सस्तो स्वास्थ्य जाँच प्रणाली" को बारेमा जानकारी दिनेछौं।

यो आर्थिक समस्याको कारणले स्वास्थ्य उपचारबाट बञ्चित व्यक्तिहरु लक्षित प्रणाली हो।

जस्तै, बेरोजगार, घरबार बिहिन, कम आम्दानी भएको, घरेलु हिंसाले पिडित आदि व्यक्तिहरुको अहिलेको आम्दानीको आधारमा स्वास्थ्य जाँचको खर्च पुरा अथवा आंसिक रुपमा मिनाहा हुन्छ।

 

सबै भन्दा पहिला यो प्रणाली प्रयोग गरेर स्वास्थ्य जाँच गर्न मिल्ने अस्पताल, क्लिनिकमा सम्पर्क गरेर सल्लाह गर्नुहोस्।

 

खानागावा प्रान्त भित्रको अस्पताल र क्लिनिकको सूचि जापानिज भाषा

https://www.min-iren.gr.jp/?p=20120#kanagawa

 

भाषिक अनुवादकको आवश्यक भएमा "बहुभाषी सहयोग केन्द्र खानागावा" मा टेलिफोन मार्फत सम्पर्क गर्नुहोस्।

045-316-2770

https://kifjp.org/kmlc/

 

बिरामी हुने अथवा घाऊचोट लाग्ने जस्ता आपतकालिन अवस्थामा नअलमलिकन एम्बुलेन्स बोलाउनु होस्।



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ