配信日
2022年12月05日
配信先グループ
नेपाली
[IKN22-26]【तलबी बिदा बारे】

तलबी बिदा भन्नाले बिदा बसेको दिनको पनि तलब पाउने र तल नघट्ने बिदा हो।

यो बिदा लिनु कामदारको अधिकार हो।

 

तलबी बिदा काम शुरु गरेको ६ महिना भए पछि लिन मिल्छ

कति दिन बिदा लिन पाउँछ भन्ने कुरा १ हप्तामा कति दिन काम गर्ने हो त्यही अनुसार तय हुन्छ।

 

सैद्धान्तिक रुपमा तलबी बिदा लिने दिन साधारणतया कामदारको इच्छा अनुसार निर्णय गरिन्छ।

कम्पनीसँग प्रस्ट कारण भएको अवस्थामा कामदारलाई बिदा लिने दिन फेर्नु अनुरोध गर्न सक्छ।

 

कम्पनीले कामदाररुलाई तलबी बिदा लिन लगाउनै पर्ने हुन्छ।

वर्षमा १० दिन भन्दा बढि तलबी बिदा भएको कामदारलाई कम्पनीले कम्तीमा पनि ५ दिन तलबी बिदा लिन लगाउनै पर्ने नियम छ।

बिदा लिने दिनको बारेमा कम्पनीले कामदारसँग परामर्श गरेर निर्णय गर्ने गर्छ



यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा मेल मर्फत जानकारी गराउनु होस्

 

**********************

खानागावा अन्तराष्ट्रिय नियोग

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ