配信日
2023年04月25日
配信先グループ
नेपाली
[IKN23-03]【संचय कोष (पेन्शन) को बारेमा थाहा छ?】

 जापानको राष्ट्रिय संचय कोष (पेन्शन) प्रणाली भनेको वृद्धहरु, दुर्धटना अथवा रोगका कारण अपाङ्गता भएका व्यक्तिहरु अथवा आर्थिक हिसाबले परिवारलाई धानिरहेको परिवारको सदस्य गुमाउएका व्यक्तिहरुको जीविकोपार्जनलाई सबै मिलेर साहयता गर्ने हेतुले बनाएको प्राणाली हो।

 

जापान संचय कोष सेवाको "विदेशीहरु लक्षित वेबसाइट" मा संचय कोष सम्बन्धित विस्तृत जानकारी तथा सूचनाहरू पढ्न सक्नुहुन्छ।

सामाजिक बिमा प्रणाली संचय कोषको एकमुष्ट भुक्तानी (जापान छोड्दा सधैको लागि आफ्नो देश फर्किदा प्राप्त गर्ने रकम) को बारेमा पनि विभिन्न भाषाहरुमा व्याख्या गरिएको छ।

विस्तृत जानकारीको लागी तलको लिंकमा हेर्नुहोस्।

https://www.nenkin.go.jp/international/index.html

 

संचय कोष (पेन्शन) को बारेमा टेलिफोन बाट परामर्श लिन सकिन्छ।

भाषाहरु (अंग्रेजी, चाइनिज, कोरिन, पोर्तुगाली, स्पेनि, तागालोग, भियतनामी, इन्डोनेसियाली, थाई, नेपाली)

सम्पर्क समयः बिहान ८:३० बाट साँझ ५:१५ सम्म (सोमबार देखि शुक्रबार सम्म)

सरकारी बिदा, नयाँ वर्षको बिदा (डिसेम्बर २९ तारि देखि जनवरी ३ तारि) बाहेक

विस्तृत जानकारीको लागी तलको लिंकमा हेर्नुहोस्।

https://www.nenkin.go.jp/international/index.files/02.pdf

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ