配信日
2023年05月11日
配信先グループ
नेपाली
[IKN23-04]【बच्चाको जन्म र हेरचाहको लागि दिइने अनुदानको रकम बढाइएको छ】

२०२३ साल अप्रिल देखि बच्चाको जन्म र हेरचाहको लागि दिइने एकमुस्ट अनुदान,“SHUSSANIKUJIICHIJIKIN” को रकम, बढाइएको   छ। नयाँ  रकम प्रति बच्चा ५ लाख येन हो।

 

बच्चाको जन्म र हेरचाहको लागि दिइने एकमुस्ट अनुदान भनेको बच्चा जन्माउँदा स्वास्थ्य बीमा मार्फत पाउने एकमुस्ट अनुदान हो। जुनसुकै किसिमको स्वास्थ्य बीमा गरेको भएता पनि पाउने रकम त्यति नै हो। बच्चाको जन्म र हेरचाहको लागि दिइने एकमुस्ट अनुदान, गर्भवती भएको चार महिना (८५ दिन) पछि बच्चा जन्माउनेहरुलाई दिइन्छ।

 

बच्चाको जन्म र हेरचाहको लागि दिइने एकमुस्ट अनुदानको रकमको आवेदन दिने र पाउने बारे बच्चा जन्माउने अस्पतालमा सोध्नुहोस्। भाषा अनुवादकको आवश्यकता भएको व्यक्तिले बहुभाषिक सहायता केन्द्र खानागावा ०४५–३१६–२७७० मा फोन गर्नुहोस्।

https://www.kifjp.org/kmlc

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ