配信日
2023年05月18日
配信先グループ
नेपाली
[IKN23-05]【सुरक्षित रुपमा साइकल प्रयोग गरौं】

साइकल पनि कार जस्तै एक प्रकारको सवारी साधन हो। दुर्घटना नहुने गरि सुरक्षित रुपमा साइकल प्रयोग गरौं। अप्रिल १ तारिख देखि साइकल चलाउने सबैले हेल्मेट लाउने प्रयास गर्नुपर्ने अनिवार्य भएको छ

 

<साइकल चलाउदा ध्यान दिनुपर्ने कुराहरू>

१. सडकमा चलाउने (ठाउँ अनुसार फुटपाथमा चलाए पनि हुन्छ)

२. सडकमा चलाउदा बायाँ तिर बाट चलाउने

३. फुटपाथमा पैदलयात्रीलाई प्राथमिकता दिने

४. सुरक्षाको नियमहरु पालना गर्ने

रक्सी पिएर नचलाउने

दुई जना नचढ्ने

दुई वटा भन्दा बढी लाइन लागेर नचलाउने

राती बत्ती बाल्ने

ट्राफिक लाइटको पालना गर्ने

चौबाटोमा एकछिन रोक्ने

वरपर राम्ररी सुरक्षित छ कि छैन् हेर्ने

५. सबैले हेल्मेट लगाउने

 

साइकलका लागि सुरक्षाका नियमहरुको बहुभाषी संस्करण: सेन्दाइ शहर

https://www.city.sendai.jp/jitensha/foreign.html

जापानिज भाषा, अंग्रेजी भाषा, चाइनिज भाषा, कोरियन भाषा, भियतनामी भाषा, नेपाली भाषा

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ