配信日
2023年06月08日
配信先グループ
नेपाली
[IKN23-08] 【जापानको बसोबास योग्यता प्रमाणपत्र इ-मेल मार्फत प्राप्त गर्न सक्नुहुन्छ।】

 २०२३ साल मार्च १७ तारिख देखि इ-मेल मार्फत बसोबास योग्यता प्रमाणपत्र प्राप्त गर्न सकिने भएको छ।

प्राप्त गरेको इ-मेल विदेशमा बस्ने आवेदकलाई पठाउन सकिने भएकोले हुलाकबाट विदेशमा बसोबास योग्यता प्रमाणपत्र पठाउने झन्झ, पैसा, समय आदिको बचत हुन्छ ।

विदेशमा बस्ने आवेदकले आफ्नो मोबाइल आदिबाट इ-मेल देखाएर भिषाको आवेदन र जापानमा आउनको लागि आवेदन दिन मिल्छ।

 

जापानको बसोबास योग्यता प्रमाणपत्र इ-मेल मार्फत प्राप्त गर्न सक्ने व्यक्तिहरु

(१)   अनलाइनबाट बसोबास योग्यता प्रमाणपत्रको आवेदन दिने व्यक्तिहरु

(२)   पहिले नै अनलाइन बाट प्रयोगकर्ताको दर्ता गरेर क्षेत्रीय अध्यागमन ब्यूरोको काउन्टरबाट बसोबास योग्यता प्रमाणपत्र लिने आवेदन दिने व्यक्तिहरु

 

विस्तृत जानकारीको लागि जापानको अध्यागमन सेवा विभागको वेबसाइट हेर्नुहोस्।

https://www.moj.go.jp/isa/applications/procedures/10_00136.html 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ