配信日
2023年07月13日
配信先グループ
नेपाली
[IKN23-10]【आतिशबाजी (फायरवर्क) प्रदर्शन】

खानागावा प्रान्तको आतिशबाजी (फायरवर्क) प्रदर्शनको बारेमा जानकारी गर्नेछु। मौसम खराब भएको बेला प्रदर्शनको दिन परिवर्तन हुने अथवा रद्द हुनेछ। होमपेज हेर्नुहोस्। धेरै मानिसहरु प्रदर्शन हेर्न आउँछन् । धेरै भीड हुन्छ। ट्रेन अथवा बसबाट जानुहोस्।

 

हायामा समुद्री किनारको आतिशबाजी प्रदर्शन

जुलाई २५ तारिख (मङ्गलबार) साँझ ७:३० देखि ८:१०              पानी परेमा अर्को दिन गरिनेछ

ठाउँ: मोरितो समुद्री किनारको बाहिर, इस्सिकी समुद्री किनार

जाने तरिका: JR जुशी स्टेशनबाट बसमा १० मिनेट चढ्ने । " मोरितो समुद्री किनार" मा ओर्लेर १ मिनेट हिड्ने

 

ओदावारा साकावागावाको आतिशबाजी प्रदर्शन

अगस्ट ५ तारिख (शनिबार) साँझ ७:१० देखि ८:००   पानी परेमा रद्द हुनेछ।

ठाउँ: साकावागावाको खेलकुद मैदान

जाने तरिका: JR खामोनोमिया स्टेशनमा ओर्लेर १५ मिनेट हिड्ने अथवा JR ओदावारा स्टेशनमा ओर्लेर २० मिनेट हिड्ने

मिउरा समुद्री किनारको नोर्यो महोत्सव आतिशबाजी प्रदर्शन

अगस्ट ८ तारिख (मङ्गलबार) साँझ ७:३० देखि        पानी परेमा अगस्ट ९ तारिखमा गरिनेछ

ठाउँ: मिउरा समुद्री किनार

जाने तरिका: केइक्यु मिउरा खाइगान स्टेशनमा ओर्लेर ५ मिनेट हिड्ने

 

खानाजावा महोत्सव आतिशबाजी प्रदर्शन

अगस्ट २६ तारिख (शनिबार) साँझ ७:०० देखि ८:०० 

ठाउँ: उमीनो कोउएन

 

जाने तरिका: सीसाइड लाइन "उमीनो कोउएन मिनामिगुची स्टेशन", "उमीनो कोउएन शिबागुची स्टेशन" अथवा "हाक्केइजीमा स्टेशन" बाट नजिक छ।

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ