配信日
2023年07月27日
配信先グループ
नेपाली
[IKN23-12]【लु (हिटस्ट्रोक) बाट बच्न सावधानी अपनाऔं】

गर्मी छ है लु (हिटस्ट्रोक) बाट बच्न सावधानी अपनाऔं।

धेरैभाषामा लु (हिटस्ट्रोक) सम्बन्धि पढ्न सक्नुहुन्छ। 

https://www.mhlw.go.jp/seisakunitsuite/bunya/kenkou_iryou/kenkou/nettyuu/nettyuu_taisaku/prevent.html

 

कोठा भित्र बस्दा अपनाउने सावधानीहरु

पंखा अथवा एयर कन्डिसनरको प्रयोग गरेर कोठाको तापक्रम कम गर्ने

घाम छेक्ने पर्दाको प्रयोग गरेर सूर्यको घामलाई कोठामा पस्न नदिने

कोठाको तापक्रम बारम्बार हेर्ने

 

कोठा बाहिर अपनाउने सावधानीहरु

छाता अथवा टोपीको प्रयोग गर्ने

छायामा समय-समयमा आराम गर्ने

चर्को घाम लागेको दिनको दिउँसो सकेसम्म बाहिर ननिस्कने

 

अन्य

शितल हुने खाल्को लुगा लगाउने

बरफको प्याकेट, बरफ, चिसो रुमाल आदिले शरीरलाई चिसो पर्ने

बारम्बार पानी पिउने र नुनिलो खानेकुरा खाने

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ