配信日
2023年08月10日
配信先グループ
नेपाली
[IKN23-13]【आँधीबेरी (टाइफुन) र भारी वर्षा देखि सावधान】

अहिले आँधीबेरी बढ्ने मौसम हो।

आँधीबेरी आउँदा बेस्सरी हावा चल्ने गर्छ।

हावाले सामानहरु उडाउने, रुखहरु तथा बिजुलीका खम्बाहरु ढल्न सक्छन्।

वर्षा धेरै हुँदा नदीको पानी बढेर बाढी आउन सक्छ।

वर्षाका कारण पहिरोले ढुङ्गा,माटो बगाउन सक्ने हुनाले खतरा हुन्छ।

आफू र आफ्नो परिवारको सुरक्षाको लागि सधै नयाँ सूचनाहरुको बारेमा जानकारी लिने गरौं।

 

मौसम विभागले विभिन्न भाषाहरुमा प्राकृतिक प्रकोपको बारेमा सूचना प्रदान गर्ने गर्दछ।

https://www.jma.go.jp/jma/kokusai/multi.html

 

आँधीबेरी र भारी वर्षाको बेलामा सावधान रहन आवश्यक कुराहरु लेखेको पर्चा छ।

"सुरक्षित ठाउँमा जाने तरिका" को बारेमा लेखेको पर्चा र वेबपेज पनि छ।

दुबै कुराहरु विभिन्न भाषाहरुमा पढ्न सक्नुहुन्छ।

https://www.kifjp.org/shuppan/multi#bousait

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ