配信日
2023年12月06日
配信先グループ
नेपाली
[IKN23-27]【औषधिको विवरण लेखेको कापी】

"औषधिको विवरण लेखेको कापी" औषधि पसल बाट प्राप्त गर्ने एक प्रकारको नोटकापी हो।

औषधि सम्बन्धि पढेर लाईसेन्स लिएको व्यक्ति (फार्मासिस्ट) ले यस नोटकापीमा औषधिको नाम, प्रयोग गर्ने तरिका र प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरुको बारेमा लेखेर दिन्छ।

यो नोटकापी हेरेर तपाईले कहिले, कहाँ र कुन औषधि किनेको भन्ने कुरा थाहा हुन्छ।

 

"औषधिको विवरण लेखेको कापी" आफुसँग हुँदाका फाइदाहरु धेरै छन

l  अस्पताल जाँदा तपाईले प्रयोग गरिराखेको औषधिको बारेमा सही रुपमा जानकारी दिन सक्नुहुन्छ।

l  औषधि किन्न जाँदा पसलमा एउटै औषधि दोहरिएर परेको छ कि छैन्, एकै साथ खानाले खराबी गर्ने औषधि परेको छ कि छैन् जस्ता कुराहरुको जाँच गराउन सक्नुहुन्छ।

l  यात्रा गर्दा, प्राकृतिक प्रकोपको बेला, अचानक अस्पताल लगिएको बेला तपाईले सधै प्रयोग गरिराखेको औषधिहरु के हो भनेर थाहा हुन्छ।

l  औषधि पसलमा "औषधिको विवरण लेखेको कापी" देखाउनु भयो भने तपाईले तिर्ने पैसा अलिकति कम हुन्छ।

 

अहिले सम्म कुनै रोग लागेको छ अथवा एलर्जी छ भने ति कुराहरुलाई "औषधिको विवरण लेखेको कापी" मा लेख्नुहोस्।

कुनै औषधि प्रयोग गर्दा स्वास्थ्यमा सुधार नभई झन अस्वस्थ महसुस भएको छ भने ति कुराहरुको बारेमा पनि लेख्नुहोस्।

सधै "औषधिको विवरण लेखेको कापी" साथमा बोकेर हिडी, आफ्नो स्वास्थ्यको बारेमा डाक्टर अथवा फार्मासिस्टलाई सही रुपमा जानकारी दिऔं।

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ