配信日
2023年12月25日
配信先グループ
नेपाली
[IKN23-29]【खाना खेर फाल्न कम गरौं】

खाना खेर फाल्नु, ”स्योकुहिन रोसु” भनेको खान मिल्ने भएता पनि फ्याँकिने खाना हो

धेरै खाना खेर फाल्दा फोहोरको व्यवस्थापन गर्ने धेरै पैसा खर्च हुन्छ।

साथै धेरै फोहोर जलाउँदा वातावरणमा पनि नकारात्मक असर पर्छ।

 

खाना खेर फाल्न कम गर्नाले पैसाको बचत पनि हुन्छ।

तल लेखिए जस्तै प्रयासहरु गरेर खानालाई खेर नफाली खानुहोस्।

 

किनमेल गर्दा गर्न सक्ने कुराहरु

किनमेल गर्नु अघि घरमा के के खाद्यान्नहरु छन् भनेर हेर्ने

आवश्यक मात्राको खाद्यान्न मात्र किन्ने

सामान लिदा अगाडितिर राखेको लिने

 

घरमा गर्न सक्ने कुराहरु

सही तरिकाबाट प्याक गरेर अथवा छोपेर राख्ने

बचेको खाद्यान्नलाई पहिला प्रयोग गर्ने

खानसक्ने जति खाना मात्र पकाउने

 

रेस्टुरेन्टमा खाना खान जाँदा गर्न सक्ने कुराहरु

खानसक्ने जति खाना मात्र अर्डर गर्ने

खाना बाँकी भयो भने रेस्टुरेन्टको स्टाफसँग कुरा गरेर प्याक गर्न लगाई घरमा लिएर आउने

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ