配信日
2024年01月10日
配信先グループ
नेपाली
[IKN23-30]【बसाईं सर्दा गर्नु पर्ने कुराहरु】

बसाईं सर्दा हुलाक कार्यालयमा गएर ठेगाना परिवर्तनको निवेदन, “तेन्क्यो तोदोके” दिनुहोस्।

ठेगाना परिवर्तनको निवेदन दिनु भयो भने पुरानो ठेगानामा पठाइएको चिठीपत्र तथा सामानहरु नयाँ ठेगानामा आउँछ

चिठीपत्र तथा सामानहरु आउने अवधि चाहिँ ठेगाना परिवर्तनको निवेदन दिएको मिति देखि एक वर्ष सम्म हो।

 

ठेगाना परिवर्तनको निवेदन दिने तीन वटा तरिकाहरु छन्।

(१)   इन्टरनेट मार्फत (ई-ठेगाना परिवर्तन) ठेगाना परिवर्तनको निवेदन दिने

https://welcometown.post.japanpost.jp/etn/

(२)   हुलाक कार्यालयमा गएर ठेगाना परिवर्तनको निवेदन दिने कागज लिई आवश्यक जानकारीहरु भरेर हुलाक पेटिकामा खसाल्ने

(३)   हुलाक कार्यालयमा गएर ठेगाना परिवर्तनको निवेदन दिने कागजमा आवश्यक जानकारीहरु भरेर काउन्टरमा बुझाउने

 

सबै अवस्थामा आफ्नो परिचय खुल्ने कागजात आवश्यक हुन्छ

चालक अनुमतिपत्र, माईनम्बर कार्ड, निवास कार्ड (जाइर्यु कार्ड) आदि साथमा राख्नुहोस्।

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ