配信日
2024年01月24日
配信先グループ
नेपाली
[IKN23-31]【काम गर्दै गर्भवती, सुत्केरी अथवा बच्चा हुर्काउनेहरुका लागि】

"गर्भवती भयो भनेर कामबाट निकाल्न" कानुनले निषेध गरेको छ।

कम्पनीले गर्भवती, सुत्केरी अथवा बच्चा हुर्काउने बिदा लियो भनेर तल लेखिएको कुराहरु गर्न पाउँदैन्।

काम छोड्न लगाउने

भिषा नवीकरण नगरिदिने

तलब घटाउने

 

गर्भवती भयो भनेर कम्पनीले "काम छोडे हुन्थ्यो", "तलब घटाउछु" जस्ता कुराहरु भन्यो भने परामर्श काउन्टरमा फोन गर्नुहोस्। फोन नम्बर स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको पर्चामा लेखिएको छ।

पर्चामा गर्भवती, सुत्केरी अथवा बच्चा हुर्काउनेहरुले प्रयोग गर्न सकिने गर्ने प्रणालीहरुको बारेमा पनि लेखिएको छ।

तपाईले प्रयोग गर्न मिल्ने प्रणालीहरु को बारे बुझेर हेर्नुहोस्।

पर्चा:

https://www.mhlw.go.jp/content/001068353.pdf

 

परामर्श गर्दा भाषिक अनुवादको आवश्यक भएको व्यक्तिले "बहुभाषिक सहायता केन्द्र खानागावा" मा फोन गर्नुहोस्।

सित्तैमा सहयोग गर्नेछौं।

बहुभाषिक सहायता केन्द्र खानागावा:

०४५–३१६–२७७०

https://kifjp.org/kmlc/

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ