配信日
2024年03月13日
配信先グループ
नेपाली
[IKN23-36]【नोटको डिजाइन नयाँ हुँदैछ।】

२०२४ साल जुलाई ३ तारिख देखि नोटहरुको डिजाइन नयाँ हुँदैछ

अहिले सम्मको नोटहरु पनि प्रयोग गर्न सक्नुहुन्छ।

 

नयाँ नोटहरु निम्नानुसार परिवर्तन हुनेछ।

नोटलाई तेर्सो पारेर राख्नु भयो भने नोटमा डिजाइन गरिएको अनुहार चलिरहेको जस्तो देखिन्छ।

तलमाथि उठेको हुन्छ जसले गर्दा अन्धाहरुले पनि कतिको नोट हो भनेर चिन्न सकिन्छ। 

अंकहरु ठूला हुनेछन जसले गर्दा सबैको लागि हेर्न सजिलो हुनेछ।

 

नोटहरुमा अनुहारहरु पनि नयाँ हुनेछ।

१०,००० येन: शिबुसावा एइइची। जापानको पहिलो बैंक र अन्य धेरै कम्पनीहरू स्थापना गर्नु भएको थियो।

५,००० येन: चुदा उमेको। संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न जानुहुने पहिलो जापानिज महिला हुन्।

१,००० येन: किताजातो शिबासाबुरो। ब्याक्टेरिया सम्बन्धि अनुसन्धान गर्नु भएको थियो। 

 

यहाँ दिइएको लिङक नखुलेमाinfokanagawa@kifjp.org मा ईमेल मर्फत जानकारी गराउनु होस् ।

**********************

खानागावा अन्तराष्ट्रिय फाउण्डेशन

बहु सांस्कृतिक सहजीवन तथा सहकार्य पदोन्नति समुह

E-mail: infokanagawa@kifjp.org

 

INFO KANAGAWAको बारेमा आफ्नो साथीहरु अथवा परिवारलाई पनि जानकारी गरिदिनु होस्।

 तलको लिङक बाट नाम दर्ता गर्न वा रद्द गर्न सक्नु हुनेछ।

https://www.kifjp.org/infokanagawa/ne

ページの先頭へ